मगरहरु नेपालको प्राचीन मूलनिवासी हुन् । मगरहरुको मूल बसोबास नेपालको मध्य पश्चिमी पहाडी भूभाग मगराँत (मगराँत भन्नाले गगराँतका आदिवासी विशेष रूपमा मगरहरूको बसोबास तथा प्राचीन राज्य भएको क्षेत्र हो ।) लुम्बिनी, धौलागिरी, गण्डकी, राप्ती–भेरी–कर्णाली, गण्डक प्र्रश्रवण क्षेत्रहरु– तनहूँ, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, गुल्मी, पाल्पा, रूपन्देही, कपिलवस्तु, उत्तरी नवलपरासी, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम, सल्यान, दाङ, सुर्खेत, डोल्पा, धादिङ, गोरखा, जाजरकोट, दैलेख आदि पहाडी ग्रामीण बस्तीहरुमा अधापि मगरहरुको उल्लेख्य सघन बसोबास रहेको छ । भारतको दार्जलिङ, सिक्किम, देहरादुन, अलमोडा, काँगडा, नागालैण्ड, धर्मशाला, भाक्सु, आसाम, अरुणाचल, मणिपुर, त्रिपुरा, मेघालय, हिमाञ्चल प्रदेशमा पनि मगरहरुको उल्लेख्य बसोबास रहेको छ । भुटान, बर्मा, थाइलैण्ड हिजआज हङ्कङ, यूके, अमेरिका समेत मगरहरु बसोबास गर्दछन् । वि.सं.२०७८ सालको जनसांख्यिक तथ्याङ्क अनुसार नेपालमा बसोबास गर्ने मगर जातिको कूल जनसंख्या २०,१३,४८९ (६.९%) रहेको छ । मगरका प्रमुख थरहरूमा— रोका, बुढा (बुढाथोकी) राना, आले, थापा, पुन, घर्ती मगरलाई लिइन्छ । यिनीहरु भित्र पनि करिव एकहजार भन्दा बढि नै थरउपथरहरु रहेका छन् ।ठ यिनीहरु जो आज आपूmलाई मगर ठान्दछन् ।
मगर जातिको परिचय
सम्पर्क

