मगरका पूर्वज पूर्खा को थिए ? यस सम्बन्धमा विभिन्न तर्क विचारहरू रहेका छन् । प्राचीन समयमा मगरलाई आजको जस्तो एउटै मगर नामले नचिनार्ई उनीहरूलाई विभिन्न नामहरूले चिनिने गरिन्थ्यो । किराँत, लिच्छवी, बृजि, नाग, कोलीय, शाक्य, किन्नर, यक्ष, गन्धर्व आदि जातिहरू मगरका पुर्वज मानिन्छन् । चाल्स डार्विनले भनेका छन्— एउटा जातिको उत्पत्ति अर्को जातिबाट भयो । एउटै वंशका विभिन्न जातिहरू कुनै लुप्त जातिका सन्तान हुन् । जातहरूको उत्पत्ति पुस्ताहरूबाट भएको हो, पुराना जातहरूका स्थान नयाँ जातहरूले ग्रहण गरेका छन् । यसरी नयाँ जातहरूका उत्पत्ति परिवर्तनशीलता तथा योग्यतमको अतित जीवनको परिणाम हो ।ड अधिकांश जातिहरूका सबै मिल्दाजुल्दा जातिहरू कुनै एउटा पूर्वजका सन्तानहरू हुन् तथा एउटा जन्मस्थानबाट चारैतिर फैलिएका हुन् । मानव जातिका बिकासक्रममा बिकसित भएका उल्लेखित पूर्वज पूर्खाहरूका सन्तान गरहरू मान्न सकिन्छ ।
मगरका पूर्वज पूर्खा को थिए ? यस सम्बन्धमा विभिन्न तर्क विचारहरू रहेका छन् । प्राचीन समयमा मगर लाई आजको जस्तो एउटै मगर नामले नचिनार्ई उनीहरूलाई विभिन्न नामहरूले चिनिने गरिन्थ्यो । किराँत, लिच्छवी, बृजि, नाग, कोलीय, शाक्य, किन्नर, यक्ष, गन्धर्व आदि जातिहरू मगरका पुर्वज मानिन्छन् । चाल्स डार्विनले भनेका छन्— एउटा जातिको उत्पत्ति अर्को जातिबाट भयो । एउटै वंशका विभिन्न जातिहरू कुनै लुप्त जातिका सन्तान हुन् । जातहरूको उत्पत्ति पुस्ताहरूबाट भएको हो, पुराना जातहरूका स्थान नयाँ जातहरूले ग्रहण गरेका छन् । यसरी नयाँ जातहरूका उत्पत्ति परिवर्तनशीलता तथा योग्यतमको अतित जीवनको परिणाम हो । अधिकांश जातिहरूका सबै मिल्दाजुल्दा जातिहरू कुनै एउटा पूर्वजका सन्तानहरू हुन् तथा एउटा जन्मस्थानबाट चारैतिर फैलिएका हुन् । मानव जातिका बिकासक्रममा बिकसित भएका उल्लेखित पूर्वज पूर्खाहरूका सन्तान मगरहरू मान्न सकिन्छ । विभिन्न नामले संवोधन गर्ने क्रममा मगरलाई बज्जी पनि भन्ने गरिन्छ । उहिलेका ‘बज्जी र लिच्छवी’ भनेका मगर हुन् । संस्कृतमा ‘वृषि’ को अर्थ ‘बलवान शुरवीर’ हुन्छ । मगरहरू पनि ‘बलिया शुरवीर’ भएकाले ‘बृजि’ भनिएको हो । मगरका आदि पूर्खा ओक्काक् (वक्का) थिए । ओक्काले बोल्दा मुखबाट एकप्रकारको उज्यालो प्रकाश र श्मी निस्कने भएकाले उनको नाम ओक्काक् रहेको हो । उल्टी गर्नुलाई मगर भाषामा ‘वक्का’ शब्द प्रयोग गरिन्छ । जस्तै—“ङै वक्का” को अर्थ “मैले उल्टी गरेँ” हुन्छ । त्रिपिटक दीघनिकाय अम्बट्ठ–सुत्तमा उल्लेख गरिए अनुसार, शाक्य राजाहरू ओक्काक् राजालाई पितामह मान्दछन् । राजा वक्काले नै शाक्य नाम दिएका हुन् । राजा खुसी भइ– हे राजकुमार ! शक्या (सक्छ), हे राजकुमार ! एकदम शक्या ! भन्ने कुरा राजाको मुखबाट उदान निस्क्यो । त्यहाँदेखि शाक्य जातिको प्रादुभाव भयो । उनीनै शाक्यका पूर्वज पुरुष थिए । वक्काका सन्तान मगर कसरी भए ? उहिले वक्का राजाका सन्तानबाट चारदाजुु—भाइ र पाँच दिदी—बहिनीहरू जन्मिएका थिए । कारणवश पछि आफ्नो राज्य बिस्तार का क्रममा उनीहरू कपिलवस्तु राज्यमा आएर आश्रम लिएर बसे । उनीहरू चार दाजु–भाइ र चार दिदि–बहिनीहरू आपस्तमा विवाह गरी घरजम गरेर त्यही बसोबास गरे । यो कुरा राजा वक्काले थाहापाइ त्यहाँ आई आफ्ना सन्तानलाई आर्शिवाद दिँदै भने— “शाक्य बताभो कुमारति” अर्थात “साक्खै स्वजनकी कन्या विवाह गरेको बेसै भयो” यहिबाट शाक्य जातिको उद्भव भएको हो । मगरहरूमा साक्खै मामाको छोरी विवाह गर्ने बुद्धकालीन संस्कृति रहेको छ । ‘ शाक्य’ शब्द जाति विशेषलाई जनाउँने नभई पछि बनेको उपनाम भएको देखिन्छ । आजका शाक्य, ज्यापू, मानन्धर, तुलाधर, बज्राचार्य, कसाही, पोडे आदि एवं थारू र मगरहरू पनि बृजि (शाक्य) कै सन्तान देखिन्छन् । बुद्ध स्वयमले आफ््नो बाबु–आमाको सन्तानबाट असीहजार नातेदारहरू रहेको कुरा उल्लेख गरेका छन् ।
पालि तथा संस्कृत भाषा साहित्यमा ‘शाक्य’ शब्दको व्याख्या वंश तथा प्रतिष्ठाको रक्षा गर्नमा सर्मथवान व्यक्तिको रूपमा गरिएको छ । पालि शब्द ‘साक्य’ को अर्थ ‘साक्खै आफ्नो नजिकको नातेदार’ हुन्छ । यसै शब्दबाट संस्कृतको ‘स्वकीय’ (आफ्नै स्वयंको) शब्द बनेको हो । यसै ‘साक्य’ शब्द पछि ‘शाक्य’ भै नेपालमा यस शब्दले जात विशेष जनाउने भएको छ । ‘शाक्य’ शब्दको अर्थ ‘बुद्धका सन्तान’ वा ‘बौद्ध धर्मका अनुयायी’ हुन् भनी सार्वदेशिक भएको छ । विहार बनाइ भिक्षु भएर धर्म, संस्कृति, कला, सभ्यता परिचालन र संरक्षण गर्नेहरूले आपूmलाई शाक्य भन्ने गरियो । बौद्ध धर्मका अनुयायी मगर र थारूहरू पनि आपूmलाई शाक्य वंशज कै ठान्दछन् । रमानन्द प्रशादसिंह थारूले आप्mनो पुस्तक ‘द रियल स्टोरी अफ थारू’मा थारूहरू शाक्यमुनि कै वंशज बौद्धहरू हुन् भनेका छन् । यो भन्न सकिन्छ कि राजा बिड्डुभको कपिलवस्तुमा आक्रमण भएपछि केही शाक्य (नेवार) काठमाडौँतिर लागे । केही शाक्य (थारू) तराईमा नै बसोबास गरे । केही शाक्य (मगर) मगराँत उत्तरी पहाडतिर राज्य बिस्तार गर्नपुगे । लेखक डा. केशवमान शाक्यका अनुसार बुद्धको परिनिर्वाण पछि बुद्धको अस्थिधातु र्निमाण गर्ने क्रममा रामग्राममा रहेको अस्थिधातु निकालेर अन्य ठाउँमा बितरण गर्न खोज्दा त्यसबेला नागहरूले बुद्ध हाम्रा नातेदार हुन भनि बुद्धको अस्थिधातु खोत्लन नदिई त्यसको सुरक्षा गरेका थिए । ती नागहरू भनेकै वर्तमानका मगरहरू हुन् । बुद्धकालीन शाक्य र कोलीय जाति मगर नै हुन् । भन्ने कुरा लेखक छत्रराज शाक्यरले व्यक्त गरेका छन् ।


