Magar Rastriya Mukti Morcha, Nepal

मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपाल

सम्पूर्ण आदिवासी मगरहरु – एक होऔँ ! आत्मनिर्णयको अधिकार, स्वशासन र मगरात स्वायत्तता !! वैज्ञानिक समाजवादका लागि सच्चा, सबल र सुदृढ एकता !!!

अध्ययनको निष्कर्ष

मगर जातिको उदभव, मगर नामाकरणका सम्बन्धमा विद्धानहरुमा एकमत देखिदैन्, यसमा विभिन्न किसिमका धारणाहरु रहेका छन् । प्राचीन समयमा मगरलाई ‘मगर’ नामले नपुकारी किराँत, लिच्छवी, बृजि, नाग, कोलीय, शाक्य, किन्नर, यक्ष, गन्धर्व, मंगोल, मगध, मगराँत, मंग्वर आदि विविध नामहरुले चिनाइने कुरा यसका अध्यताहरुले बताएका छन् । भगवान बुद्धका वंशज शाक्यहरुका पूर्वज राजा वक्का नै गरका पनि पूर्वज हुन् । ‘मुग्गर’, ‘मंग्वर’ ‘मंगल’, ‘महर’, ‘महरा’, ‘मङङर’, ‘मंगोल’, ‘मगध’, ‘मगराँत’ आदि जस्ता शब्दहरूको अपभ्रंशित वा परिवर्तित रूप नै अहिले ‘मगर’ शब्द हो । चाल्स डार्विनले भनेभैm— एउटा जातिको उत्पत्ति अर्को जातिबाट भयो । एउटै वंशका विभिन्न जातिहरू कुनै लुप्त जातिका सन्तान हुन् । जातहरूको उत्पत्ति पुस्ताहरूबाट भएको हो, पुराना जातहरूका स्थान नयाँ जातहरूले ग्रहण गरेका छन् । यसरी नयाँ जातहरूका उत्पत्ति परिवर्तनशीलता तथा योग्यतमको अतित जीवनको परिणाम हो । अधिकांश जातिहरूका सबै मिल्दाजुल्दा जातिहरू कुनै एउटा पूर्वजका सन्तानहरू हुन् तथा एउटा जन्मस्थानबाट चारैतिर फैलिएका हुन् । मानवशास्त्रीय वंश विकासका क्रममा उल्लेखित पूर्वज पूर्खाहरूबाट मगरहरू पनि बिकसित बिस्तारित भएको मान्न सकिन्छ । मगरका वंशज वा पुर्खाहरु मंगोलिया, चीन, मध्य एशिया जम्मूदीप, मगध, लुम्बिनी कपिलवस्तु हुँदै हिमवत्खण्ड मगराँतसम्म फैलिएका हुन् । आज यो जाति सर्वत्र छरिएर रहेको पाइन्छ ।

जसरी नेपाल नेवाः निवासी नेपार वा नेवार सबै जातिको समन्वित रूप मानिन्छ । त्यसरी नै मगर अनेकौ पूर्वज जातिहरूका समन्वित रूप मगर, मगराँत हो । यो कुनै जाति विशेष समुदाय मात्रै नभएर एक प्राचीन सभ्यता मान्न सकिन्छ । प्राचीनकालमा अनेकौ नामले पुकारिने मगरका पूर्वजहरू विभिन्न नाम, स्थान र भूगोल अनुसार बदलिदै देश–काल–समय–परिस्थिति र परिवेश अनुसार बिस्तारित हुँदै अनेकौ भूगोलमा बिचरण गर्दै आए हुन् । कालान्तरमा उनीहरूलाई कुनै समय कसैद्वारा बोलाइँदा ‘मगर’ नामले सम्बोधन गरियो होला । जो आज आफूलाई मगर हुँ भन्ने गर्व गर्दछन् । जुन शब्द आज कुनै जाति विशेषलाई चिनाउँने परिचय वा पहिचान बनेको छ । यी जाति कालान्तरमा नेपालका मगर जाति विशेष भनेर चिरपरिचित हुन पुगे । मगर शब्द एक जाति समुदाय बिशेष चिनारीको रूपमा प्रकटित हुँदै स्थापित हुनपुग्यो । मगर जाति, भाषा, धर्म, संस्कार÷सांस्कृतिक चाडपर्व, भेषभूषा, रहन–सहन आज देशकै राष्ट्रिय गौरव र पहिचानका रूपमा प्रतिविम्वित भएको पाइन्छ । जुन मगर जातिको परिचय पहिचान भएको छ ।

सम्पर्क

Chat with Support Bot